• Home
  • समाचार
  • प्याब्सनको ३५औँ स्थापना दिवस वीरगञ्जमा सामाजिक र रचनात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
Image

प्याब्सनको ३५औँ स्थापना दिवस वीरगञ्जमा सामाजिक र रचनात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

वीरगञ्ज – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को ३५ औँ स्थापना दिवस वीरगञ्जमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ।

प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अन्तर्गत वीरगञ्जस्थित आमाको छात्रावास मा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। छात्रावासमा आश्रित विद्यार्थीहरूका लागि ३० दर्जन कापी तथा ३६० थान कलम र पेन्सिल वितरण गरिएको आयोजकले जनाएको छ।

शैक्षिक सामग्री वितरण कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति प्याब्सनको प्रतिबद्धतालाई आत्मसात गर्दै स्थापना दिवसको अवसरमा सानो भए पनि सहयोग गर्ने उद्देश्य राखिएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले बताए। उनले शिक्षा सबैको पहुँचमा पुर्‍याउन निजी क्षेत्रले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, प्याब्सन दिवसकै अवसरमा साँझ बीरगन्जस्थित ऐतिहासिक तथा सांस्कृतिक धरोहर घण्टाघर परिसरमा दीप प्रज्वलन तथा दीपावली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्याब्सन अंकित दीप प्रज्वलन गर्दै संगठनको शैक्षिक योगदान, ज्ञानको उज्यालो र उज्ज्वल भविष्यप्रतिको प्रतिबद्धताको सन्देश प्रवाह गरिएको थियो।

प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले नेपालको शैक्षिक जगतमा निजी क्षेत्रले पुर्‍याएको योगदानलाई मूर्तरूप दिन संस्थापक, प्रधानाध्यापक, शिक्षक, अभिभावक, कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक प्रयासलाई सम्मान प्रकट गर्दै दीप प्रज्वलन गरी प्याब्सन दिवस मनाइएको जानकारी दिए।

कार्यक्रम जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र बीरगन्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष सुशिला साह, जिल्ला उपाध्यक्ष विरेन्द्र यादव, बीरगन्ज नगर सचिव अमित आलोकलगायत जिल्ला कार्यसमिति सदस्यहरू मनिषा सुनुवार, मन्जु रानाभाट, बीरगन्ज नगर कार्यसमिति सदस्य विजय बल, सदस्य सन्नी पाख्रिन, रिंकु कायस्थको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले निजी शिक्षा क्षेत्रले देशको शैक्षिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै गुणस्तरीय, मूल्यआधारित र समावेशी शिक्षाको प्रवर्द्धनमा प्याब्सनले अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रमले प्याब्सनको सामाजिक उत्तरदायित्व, शैक्षिक प्रतिबद्धता र संगठनात्मक एकतालाई थप सुदृढ बनाएको सहभागीहरूको भनाइ रहेको छ।

यस्तै, ३५ औं प्याब्सन दिवसकै अवसरमा प्याब्सन सदस्य विद्यालय लिटल बड्डी प्रि स्कूलले वार्षिक खेलकुद कार्यक्रम समेत सम्पन्न गरेको छ । बिहीबार आयोजित कार्यक्रम लिटिल बडी प्री–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *