• Home
  • ताजा समाचार
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरले माग्यो ग्राउन्ड ह्यान्डलिङ
Image

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरले माग्यो ग्राउन्ड ह्यान्डलिङ

१२ मंसिर, काठमाडौं

बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डिलिङ सेवा सञ्चालन गर्न माग गरेको छ । सो विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउन्ड ह्यान्डलिङका लागि बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट व्यवसायिक सञ्चालनमा ल्याउने तयारी छ । बुद्धले सम्पूर्ण आन्तरिक तयारी समेत गरिसकेको बताएको छ । विमानस्थलको भरपुर उपयोग गरेर धेरैभन्दा धेरै पर्यटक (आन्तरिक एवं बाह्य) पोखरा र सम्पूर्ण गण्डकी प्रदेशमा भित्र्याउने बाटो खुलेको कम्पनीको भनाइ छ । गण्डकी प्रदेश र हरेक नेपालीको जीवनस्तर उकास्न र सामान सम्पत्ति सिर्जना गर्ने बाटो पनि खुल्न समेत कम्पनीले बताएको छ ।

बुद्धले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पाँचवटा विमान रात्री–बिसान गरी साताको ३०० उडान गर्ने कार्यतालिका बनाएको बताएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान गर्नें उल्लेख छ । अन्तराष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान गर्ने योजना छ । बुद्धले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादून उडान अनुमतिका लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको समेत जनाएको छ ।

सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुद्धका प्राविधिक टिम अध्ययनरत रहेको बताएको छ । बुद्धले देशभर आफ्नो गन्तव्यमा आफैंले ग्राउन्ड ह्यान्डलिङ गरिरहेको छ । बुद्धले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ कार्य गर्न प्रस्ताव प्राधिकरणलाई बुझाएको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *