• Home
  • ताजा समाचार
  • पोखरामा पहिलो थाई लक्जरी होटल ब्रान्ड ‘हिमालयन हाइडअवे रिसोर्ट पोखरा’ १ जनवरीदेखि सञ्चालनमा
Image

पोखरामा पहिलो थाई लक्जरी होटल ब्रान्ड ‘हिमालयन हाइडअवे रिसोर्ट पोखरा’ १ जनवरीदेखि सञ्चालनमा

पोखरा । पोखराको कास्कीकोट क्षेत्रमा अवस्थित हिमालयन हाइडअवे रिसोर्ट पोखरा, द सेन्टारा कलेक्सन ले १ जनवरी २०२६ देखि औपचारिक रूपमा सेवा सुरु गर्ने घोषणा गरेको छ। यो रिसोर्ट पोखरामा प्रवेश गर्ने पहिलो थाई अन्तर्राष्ट्रिय होटल ब्रान्ड हो।
नयाँ वर्षसँगै फरक र अर्थपूर्ण अनुभव दिन तयार रहेको रिसोर्टले अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, विलासी सुविधा, साहसिक गतिविधि र शान्त वातावरणलाई एकै स्थानमा जोडेको छ। पोखराबाट करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोटमा अवस्थित यस रिसोर्टले लेकसाइडभन्दा फरक, प्राकृतिक र शान्त पोखराको अनुभूति दिने लक्ष्य लिएको छ।
रिसोर्टमा ४२ वटा फराकिला डिलक्स कोठा, स्वीट तथा भिल्ला छन्। अधिकांश कोठामा निजी बगैंचा वा खुला बालकनी रहेको छ, जसले जोडी, परिवार तथा समूहका पाहुनालाई सहज र आरामदायी बसाइ प्रदान गर्छ।
यहाँ अल–डे डाइनिङ रेस्टुरेन्ट, बार तथा लाउन्ज, विशेष पान–एशियन रेस्टुरेन्ट, बाहिरी स्वीमिङ पुल, पूर्ण रूपमा सुसज्जित जिम, रमणीय टी–हाउस र Cense by Cenvaree Spa सञ्चालनमा रहनेछ। पाहुनाले फेवा तालमाथि प्याराग्लाइडिङ, सराङकोट वरपरको हाइकिङ, अन्नपूर्ण बेस क्याम्प ट्रेक जस्ता क्युरेटेड साहसिक अनुभव पनि लिन सक्नेछन्।
उद्घाटनको अवसरमा रिसोर्टले नेपाली पाहुनाका लागि विशेष अफर सार्वजनिक गरेको छ। बेड एन्ड ब्रेकफास्ट योजनामा प्रति रात NPR २५,००० (नेट) मा बस्न सकिनेछ। साथै, खाना तथा स्पा सेवामा १० प्रतिशत छुट र निःशुल्क अपराह्न चियाको सुविधा पनि उपलब्ध हुनेछ। उक्त अफर ३१ मार्च २०२६ सम्म मान्य रहनेछ।
रिसोर्टका महाप्रबन्धक प्रापाइवजित रोङ्माले पोखराको प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिलाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी आवतिथ्यसँग जोड्ने अवसर पाउँदा खुशी व्यक्त गर्दै, लेकसाइडभन्दा बाहिरको पोखरालाई नयाँ रूपमा चिनाउने लक्ष्य रहेको बताए।
लक्जरी सेवासँगै रिसोर्टले स्थानीय समुदायको रोजगारी, जीविकोपार्जन र दिगो पर्यटन प्रवर्द्धनमा योगदान दिने उद्देश्य पनि लिएको छ। स्थानीय स्रोत र संस्कृतिको प्रयोगमार्फत सामाजिक–आर्थिक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता रिसोर्टले जनाएको छ।
यससँगै सेन्टारा होटल्स एण्ड रिसोर्ट्सले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै पोखरालाई साहस, संस्कृति र विलासिताको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास लिएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ६ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *