• Home
  • ताजा समाचार
  • पोखराका आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै, राति र कम भिजिबिलिटीमा पनि उडान
Image

पोखराका आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै, राति र कम भिजिबिलिटीमा पनि उडान

काठमाण्डाै   पुस १३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको उच्चस्तरीय प्रविधिका कारण आन्तरिकतर्फका उडानलाई पनि सहज हुने भएको छ ।

जनवरी १ अर्थात् आउँदो आइतवारदेखि पोखरामा हुने सबै आन्तरिक उडानसमेत नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछन् । विमानस्थलमा जडान गरिएको आईएफआर प्रविधिका कारण कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने विमान कम्पनीहरूले बताएका छन् ।

नयाँ विमानस्थलको अरू भौतिक पूर्वाधार पनि गुणस्तरीय छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन र पुर्‍याउन र्‍याम्प बस राखिएको छ । अब पोखरा विमानस्थलबाट रात्रिकालीन उडान पनि हुने छ ।

बुद्ध, यति, सौर्यलगायतका आन्तरिक विमान कम्पनीले आउँदो आइतवारदेखि सबै उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएकाले उडान समयभन्दा दुई घण्टाअघि नै विमानस्थलमा पुग्न र अरू सूचनाको बारेमा जानकारी लिन आग्रह गरेका छन् ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *