• Home
  • अर्थ
  • पैसा पाउने सहमतिपछि कृषि बिमालेख बिक्री पुनः सुरु
Image

पैसा पाउने सहमतिपछि कृषि बिमालेख बिक्री पुनः सुरु

काठमाडौ,  ६ असार । बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए । अहिले सरकारले बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमालेख बिक्री सुरु गरेका हुन् ।

२०७७ सालदेखि कृषि बिमाको अनुदानबापत सरकारले दिनुपर्ने करिब ३ अर्ब बाँकी रहेपछि बिमा कम्पनीहरुले जेठ ७ गतेदेखि कृषि सम्बन्धी बिमालेख जारी गर्न बन्द गरेका थिए । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयूक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको र कृषि बिमा लेख जारी गर्न आग्रह गरेको नेपाल बिमक संघले जनाएको छ । 

सो आग्रहपछि असार मसान्तसम्मको लागि बिमालेख असार मसान्तसम्म जारी गर्ने निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको हो । असार मसान्तसम्म अनुदान रकम प्राप्त नभएमा पुनः बिमालेख बन्द गरिने संघले चेतावनी दिएको छ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *