• Home
  • जनजाति
  • पुर्ख्यौली पेशा, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने छु – मेयर श्रेष्ठ
Image

पुर्ख्यौली पेशा, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने छु – मेयर श्रेष्ठ

काठमाडौं । साउन २ गते
मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुर्ख्यौली पेशा, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुर्ख्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना) भवनको उद्घाटन गर्दै मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाको विशेष सहयोग रहने बताए ।

उनले सिवा साय्मी खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपूर्जा बनाइदिनेसमेत आश्वासनसमेत दिए । मानन्धर समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई पुनर्उत्थान गर्नुपर्ने सन्दर्भमा सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनी भएको हो । भक्तपुर चेम्बर अफ कमर्स र जिल्लाका विभिन्न ठाउँमा सघन रुपमा बस्दै आएका मानन्धरहरुले यस अभियानमा साथ दिइरहेका छन् ।

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ३ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ५ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ५ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *