Image

पासाङलाई मिस मंगोलको उपाधि

काठमाडौं पुस १२

’मिस मंगोल नेपाल २०२२’ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छ । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीय शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हात पारेकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र मेहनत साकार भएको छ’, ताज पहिरिएपछि पासाङले भनिन् ।प्रतियोगितामा कैलालीकी २५ वर्षीय दीपिका थापामगर फस्ट रनरअप घोषित भइन् भने, उनलाई पछ्याउँदै सोलुखुम्बुकी १८ वर्षीय डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनरअप जित्न सफल भइन् । उनीहरूलाई गत वर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप क्रमशः एप्रिला घिसिङ, प्रिया मादेन र विभिषिका श्रेष्ठले ताज लगाइदिएका थिए ।संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा पाँचथरकी २१ वर्षीय ममता आङ्बो मिस मंगोल प्रोभिन्स वान, पर्साकी १६ वर्षीय एसेन्ला घले मिस मंगोल मधेस, काठमाडौंकी २३ वर्षीय प्रार्थना शाही मिस मंगोल बागमती, पोखराकी २५ वर्षीय प्रिसिला गुरुङ मिस मंगोल गण्डकी र दाङकी २६ वर्षीय मुना बुढामगर मिस मंगोल लुम्बिनी घोषित भए ।
मिस मंगोल सुदूरपश्चिमको उपाधि फस्ट रनरअप दीपिका थापामगरले हात पार्न सफल भइन् ।

रिडी ग्रुप लिमिटेडको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो भने मिस मंगोल नेपाल २०१९ सिभिरा लामा कोचका रूपमा रहेकी थिइन् । 

प्रतियोगितामा प्राज्ञ प्रदीप बोम्जन, नेपाल एड्मिनिस्ट्रेसन स्टाफ कलेजका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी, प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, रंगकर्मी एवं अभिनेता पुष्कर गुरुङ, पपगायक धीरज राई, मिस मंगोल नेपाल २०१७ अनिता लामा र आदिवासी जनजाति चलचित्र महासंघको उपाध्यक्ष एवं डान्सिङ स्टार नेपालकी विजेता छिरिङ शेर्पा निर्णायक मण्डलमा रहेका थिए । यो मिस मंगोल नेपालको यो १३औं संस्करण हो ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *