Image

पाकिस्तानमा मानवीय संकटको खतरा– डब्लूएचओ


काठमाडौं, भदौ २३ गते
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।एक दशकयताकै ठूलो बाढीले सयौ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन् । त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ ।

अधिकांश भूभाग जलमग्न छ । बाढीले ठूलो महासागर बनेको छ । बाढीले अकल्पनीय संकट ल्याएको छ । जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् ।

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन् । देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौ गाउँसँगको सम्पर्क टुटेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ ।

यस वर्षको कीर्तिमानी मनुसनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ । उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो । देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए । बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *