पाकिस्तानमा भारी वर्षाका कारण ७ जनाको मृत्यु

1.4kViews
0 Shares

इस्लामबाद, ४ असार । पाकिस्तानमा भारी बर्षाका कारण ७ जनाको मृत्यु भएको छ । 

खैबर पख्तुनख्वा प्रान्तको तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको हो । 

सो बाढीको चपेटामा परेर अन्य ७२ जना घाइते भएको पाकिस्तानी मिडियाले जनाएका छन । 

बन्नुका कमिश्नर परवेज सबतखेलले डन अखबारलाई भने, ‘ बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावाको साथ भारी वर्षा भएको छ।’

उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ । क्षतिको विवरण लिन प्रभावित क्षेत्रमा टोली पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय