Trending

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन– एन्टोनियो गुटेर्रेस

750Views
0 Shares

काठमाडौं, भदौ २६ गते
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए ।

ुमैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैनु, उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने । आज मैले देखेको कुरा वर्णन गर्न मसँग कुनै शब्द छैनु, उनले भने ।

युनाइटेड किंगडम जति क्षेत्रफल ओगटेको बाढीमा झण्डै १ हजार ४ सय जनाको मृत्यु भएको छ । बाढीले लाखौँ हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट गरेको छ र घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पारेको छ ।

बाढीका कारण ३० अर्ब डलरभन्दा बढी क्षति पुगेको प्रारम्भि अनुमान गरिएको छ । महासचिव गुटेर्रेसले बाढीग्रसत पाकिस्तानलाई सहयोग गर्न पनि आह्वान गरे । बाढीग्रस्त पाकिस्तानलाई बेलायत, क्यानड, चीनलगायतका देशले सहयोग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय