Trending

पाँच महिना पछि संसदका १० समितिका बैठक एकैपटक सुरु

1.1kViews
0 Shares

काठमाडौं, २ जेठ । निर्वाचन सम्पन्न भएको पाँच महिना पछि संसदीय समितिका बैठक बसेको छ । सिंहदरवारस्थित संघीय संसदको कार्यालयमा आज एकै पटक १० वटा बिषयगत समितिहरुको बैठक सुरु भएको हो । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजेबाट एकैपटक सुरु भएको हो ।

गत मंशिर ४ गते निर्वाचन सम्पन्न भएको पाँच महिना नाघिसक्दा पनि अझैसम्म बिषयगत समितिका बैठक बस्न समेत सकेको थिएन । अघिल्लो अधिवेसनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा बिषयगत समितिमा रहने सदस्यहरु मनोनयन भए पछि आज पहिलो बैठक बसेको हो । आजको पहिलो बैठक भने समितिमा रहेका जेष्ठ सदस्यले सभापतित्व गरिरहेका छन् ।

जेष्ठ सदस्यले सभापतित्व गरिरहेको समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय