Image

पाँचौं सम्झना कप टेवल टेनिस माघमा

२१ पुस, काठमाडौं । पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेवल टेनिस प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म आयोजना हुने भएको छ ।

ललितपुर टेवल टेनिस क्लबले विहीबार पत्रकार सम्मेलन गरी दर्जनबढी देशका करिव ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिताकाे मिति सार्वजनिक गरेको हो ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष टिम, महिला टिम, भेट्रान्स महिला तथा पुरुष एकल (४० वर्षमाथि) र भेट्रान्स पुरुष एकल (५५ वर्षमाथि) गरी ७ स्पर्धामा प्रतिस्पर्धा गराइनेछ ।

लैनचौरस्थित राष्ट्रिय टेवल टेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, थाइल्याण्ड, युएई, जापान, फ्रान्स, इंग्ल्याण्ड, दक्षिण कोरियालगायतका देशबाट खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो प्रतियोगिता नेपालको टेवल टेनिस इतिहासकै सर्बाधिक पुरस्कार राशीको रहने आयोजकको दावी छ । प्रतियोगितामा टिम र एकल विधामा उपाधि विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले २५ हजार र दुई सेमिफाइनलिस्टले १०–१० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

भेट्रान्स एकलमा उपाधि विजेताले २० हजार, उपविजेताले १० हजार र दुई सेमिफाइनलिष्टले ५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतियाेगिताकाे मुख्य प्रायाेजन ललितपुरकाे सम्झना ल्याबाेरेटरी क्लिनिक प्रालीले गरेकाे हाे । कार्यक्रममा मुख्य प्रायाेजनसँग सम्झाैता नवीकरणसमेत गरियाे ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *