• Home
  • अर्थ
  • पहिलो पटक नेपाली छड भारत निर्यात, श्री स्टिलले पठायो ३५ टन
Image

पहिलो पटक नेपाली छड भारत निर्यात, श्री स्टिलले पठायो ३५ टन

काठमाडौं । साउन ४ गते
सिमेन्टपछि नेपालबाट पहिलोपटक भारत छड निकासी भएको छ । बुधबार रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी ९छड० बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारतका लागि निकासी भएको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो । यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेको थियो ।श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलोपटक छड निकासी गरेको बताए ।

‘हामीले भारतको नौतनवास्थित एक फर्मलाई आज एक ट्रक पठाएका छौं, यो सुरुवात हो । कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन, सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको हो,’ उनले भने । भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ ।

‘झन्डै १५ महिनापछि बिएसआई प्रमाणपत्र आयो जसले निकासीको बाटो खुलेको छ, हामीबाहेक अन्य उद्योगले पनि निकासीका लागि प्रक्रिया अगाडि बढाएका छन् । नेपालको लागि गौरवको काम हो, सरकारले चाँडै कार्यविधि बनाउनुपर्छ,’ अग्रवालले भने, ‘रुपन्देहीको रोहिणी गाउँपालिका(३ सेमरहवास्थित श्री स्टिल्स प्रालिले केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा टिएमटी छड उत्पादन गर्दै आएको छ।’

कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन्।

प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। एक खर्बको छठ निर्यात गर्ने क्षमता उद्योगको छ ।

बलियो र गुणस्तर निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले आफ्नो उत्पादन अर्को देश अर्थात् भारत निर्यातको शुभारम्भ गरेको छ ।

पहिलो लटमा एक ट्रकमा करिब ३५ टनसम्म टिएमटी छड पठाइको ब्रान् म्यानेजर दिपक शाहले बताए । ‘यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता,’ उनले भने । को मालवाहक ट्रक उद्घाटन गरि गन्तव्य तर्फ पठाएका छन ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *