Image

पश्चिमाका ‘गोर्बी’ मिखाइलको पुटिनसँग थियो जटिल सम्बन्ध


काठमाडौं । भदौ १५ गते
मंगलबार निधन भएका सोभियत नेता मिखाइल गोर्भाचोभसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जटिल सम्बन्ध थियो । तथापि, गोर्भाचोभको निधनप्रति पुटिनले गहिरो दुःख प्रकट गरेका छन् । कमजोर स्वास्थ्य अवस्थाका कारण जीवनको उत्तराद्र्धमा गोर्भाचोले अस्पतालमा नै बिताएका थिए । कोभिडविरुद्ध पूर्वसावधानी स्वरुप उनी स्वक्वारेन्टिनमा थिए ।

गोर्बाचेभ पश्चिमा देशमा गोर्बी भनेर चिनिन्छ । सन् १९८० को दशकमा अमेरिका–सोभियत आणविक तनावलाई कम गर्नका साथै पूर्वी यूरोपलाई फलामको पर्दा पछाडिबाट बाहिर ल्याउने व्यक्तिका रूपमा उनी परिचित छन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग एतिहासिक आणविक हतियार सम्झौता वार्ताका लागि उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

बर्लिनको पर्खाल ढल्दा सोभियत सेनालाई रोक्ने उनको निर्णयलाई शितयुद्धको शान्ति जोगाउने एउटा चाबीको रुपमा हेरिएको थियो । पारदर्शीताका प्रप्तिका लागि र सोभियत सम्राज्यको विघटनलाई तीब्र पार्ने सार्वजनिक छलफल गर्न उनलाई पश्चिमाहरुले अभियन्ताको रुपमा व्याख्या गरेका थिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *