Trending

पशुपतिनाथको जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन माओवादीको माग

1.4kViews
0 Shares

काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे सदनलाई सत्यतथ्य जानकारी दिन माग गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले जलहरीबारे भइरहेको गतिविधिबारे जानकारी मागेका हुन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको टोलीले जलहरीको तौल र सुन भए नभएकोबारे अनुसन्धान गर्न भन्दै पशुपतिनाथ पुगेको थियो । 

सोही प्रसङ्गलाई लिएर सोमबार संसद बैठकमा सांसद पौडेलले भने, ‘भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदन (संसद्)मा सत्यतथ्य जानकारी गराउन सम्माननीय समामुखमार्फत सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’ 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय