• Home
  • ताजा समाचार
  • पर्सा–२ मा घरदैलो तीव्र, अमिताभ बच्चन दासप्रति जनविश्वास बढ्दो
Image

पर्सा–२ मा घरदैलो तीव्र, अमिताभ बच्चन दासप्रति जनविश्वास बढ्दो


पर्सा क्षेत्र नम्बर–२ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अमिताभ बच्चन दास ले पर्सागढी नगरपालिका वडा नम्बर–६ र ७ अन्तर्गत चैनपुर, बागेश्वरी र फुलवरियामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा स्थानीय आम जनसमुदायसँग आत्मीय संवाद भयो। धेरैले चुनाव चिन्ह आँखा छाप मा मतदान गरी विजयी बनाउने प्रतिबद्धता जनाए। साथै, चुनावपछि पनि आजकै जस्तै नियमित रूपमा जनतासँग भेटघाट गर्दै जनसमस्या सुन्न आग्रह गरिएको छ।
उम्मेदवार दासले जिल्लामा कृषि विकासलाई प्राथमिकता दिने, व्यापार–व्यवसायलाई सहजीकरण गर्ने र सामाजिक न्याय स्थापित गर्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीले युवाको नेतृत्व, भरोसाको केन्द्र र नयाँ सोच बोकेको उम्मेदवारका रूपमा दासलाई समर्थन बढाउँदै लगेको देखिएको छ।
घरदैलो अभियानले पर्सा–२ मा चुनावी माहोल थप उत्साहित बनेको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *