पर्सा–२ मा आँखा छापको जनलहर, पर्सागढी–४ मा अमिताभ बच्चन दासको घरदैलो
परिवर्तन चाहने युवाको साथ र जनताको भरोसासहित प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले पर्सागढी नगरपालिका वडा नम्बर–४ मा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा सहभागी स्थानीयले आँखा छापमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता जनाउँदै, यस्तै निरन्तर जनसम्पर्क कायम राख्न सुझाव दिएका छन्। उम्मेदवार दासले जिल्लामा कृषि विकास, व्यापार प्रवर्द्धन र सामाजिक न्याय स्थापनाका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।












