For Youtvnepal long gif
  • Home
  • प्रदेश नं २
  • पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर
Image

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ । मुख्य प्रतिस्पर्धा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफ र नेकपा एमालेका उम्मेदवार प्रदीप यादवबीच हुने आँकलन गरिएको छ । यद्यपी चुनावी गतिविधि र जनसमर्थनको आधारमा सर्राफ हाल अग्रस्थानमा देखिएका छन् भने नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको स्थानीय विश्लेषकहरूको भनाई छ ।

राजनीतिक वृत्तमा सक्रिय सर्राफ मधेश आन्दोलनकालदेखि नै मधेशका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेता मानिन्छन् । मधेशको पहिचान, अधिकार र समृद्धिका सवालमा सडकदेखि सदनसम्म संघर्ष गर्ने प्रतिबद्धताले उनलाई क्षेत्रका मतदातामाझ छुट्टै पहिचान दिएको छ ।
विशेषगरी युवाहरूकाबीच उनको लोकप्रियता उल्लेख्य देखिन्छ । बेरोजगारी समस्यालाई केन्द्रमा राख्दै उनले विभिन्न स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गराएका थिए । ती तालिममार्फत सयौँ युवाले सीप सिकेर आफ्नै व्यवसाय सुरु गरेको दाबी गरिएको छ । ‘रोजगारी सिर्जना नै समृद्धिको आधार हो’ भन्ने नारासहित उनले अघि सारेका कार्यक्रमले युवा मतदाताको झुकाव आफ्नो पक्षमा पार्न सफल भएको विश्लेषण गरिन्छ ।
स्वास्थ्य क्षेत्र सुधारका सवालमा पनि सर्राफ सक्रिय रहँदै आएका छन् । वीरगंजस्थित नारायणी अस्पतालको सेवा सुधारका लागि उनले पटक पटक आवाज उठाउँदै आन्दोलनसमेत गरेका छन् । अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापन सुधारको माग गर्दै गरिएको दबाबपछि केही सकारात्मक परिवर्तन देखिएको भन्दै उनका समर्थकहरू दाबी गर्छन् ।
त्यसैगरी पर्साको ऐतिहासिक सिर्सिया नदी संरक्षण अभियानमा पनि उनी लामो समयदेखि संलग्न छन् । औद्योगिक प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण संकटमा परेको सिर्सिया नदी जोगाउन उनले जनचेतनामूलक अभियानदेखि सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने काम गर्दै आएका छन् । वातावरण संरक्षणप्रति देखाएको सक्रियताले नागरिक समाजका विभिन्न तहबाट समर्थन बढेको देखिन्छ ।
चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सि.ए. अजय चौरसिया तेश्रो स्थानमा रहेको आँकलन गरिएको छ भने जनता समाजवादी पार्टीका रामनरेश यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्त क्रमशः चौथो र पाँचौँ स्थानमा रहेको आँकलन गरिएको छ । यसैगरि नेपाली काँग्रेसका अनिल रुङ्गटा चुनावी दौड बाहिर रहेको स्थानीयहरुको बुझाई छ ।
यद्यपि अन्तिम परिणाम मतदाताको निर्णयमा निर्भर रहनेछ, हालसम्मको जनसम्पर्क, घरदैलो अभियान र सामाजिक सक्रियताका आधारमा ओमप्रकाश सर्राफ पर्सा क्षेत्र नं. १ को निर्वाचन दौडमा अग्रस्थानमा रहेको सन्देश स्पष्ट देखिएको छ । चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा अझै रोचक बन्ने अपेक्षा गरिएको छ ।
पर्सा जिल्ला अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ९९ हजारभन्दा बढी मतदाता रहेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गरिएपछि क्षेत्र नं. १ मा कुल ९९ हजार ६३८ मतदाता कायम भएका छन् । उपलब्ध तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ५० हजार ४०६ जना, महिला मतदाता ३९ हजार २३० जना तथा अन्य लिङ्गका २ जना मतदाता रहेका छन् ।
निर्वाचन तयारीसँगै मतदान स्थल र केन्द्रको व्यवस्थापन कार्यसमेत अघि बढाइएको छ । क्षेत्र नं. १ मा ३४ मतदान स्थल र १०३ मतदान केन्द्र निर्धारण गरिएको छ । पर्सा क्षेत्र नं. १ मा यसपटक मतदाता संख्या उल्लेखनीय रहेकोले प्रतिस्पर्धा पनि रोचक हुने आँकलन गरिएको छ ।

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni २ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni २ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *