• Home
  • ताजा समाचार
  • पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय द्विवेदीले पनि मतदाताहरुसँग निरन्तर भेटघाट गर्नुभएको
Image

पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय द्विवेदीले पनि मतदाताहरुसँग निरन्तर भेटघाट गर्नुभएको

वीरगन्ज, ११ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले मतदाताको घर घरमा गएर मत माग्ने कामलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका अजय द्विवेदीले पनि मतदाताहरुसँग निरन्तर भेटघाट गर्नुभएको छ ।

उहाँले शुक्रबार पर्साको क्षेत्र नम्बर अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीमा मतदाताहरुलाई भेट्नु भएको छ । भेटका क्रममा उहाँले पर्साको विकासका लागि आफू स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउनुभयो ।

दलका नेताहरु नेतावाद, गुटवाद र व्यक्तिवाद भएको भन्दै अब दलका उम्मेदवारहरुले जितेमा कार्यकर्ता भर्तीकेन्द्र मात्रै बनाएर विकास भने नगर्ने बताउनुभयो । उहाँले दलहरुले आफू आफू जित्नका लागि जनताको मतलाई बन्धक बनाउन खोजेकोले नै जनमतका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

पर्सामा वृद्धदेखि युवासम्मका मतदाताहरुले वैकल्पिक उम्मेदवार खोजीरहेकाले वीरगन्जका मतदाताहरुको मत खेर नजाओस भनेर नै आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । मतादाता भेटघाट कार्यक्रममा द्विवेदीलाई अरुले जस्तो विकासको नाममा भ्रष्टाचार नगर्न र पर्साको नमूना विकास गर्न सुझाव दिएका थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *