• Home
  • Uncategorized
  • पर्सामा एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एक जनाको मृत्यु, पाँच जना घाइते
Image

पर्सामा एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एक जनाको मृत्यु, पाँच जना घाइते

पर्सा, १३ चैत

पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् ।

ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ रामटोलकी ३१ बर्षीया काजल देवी, २५ बर्षीय धुरेन्द्र राउत, ४१ बर्षीया मन्जु देवी, १५ बर्षीय अनिकेत पटेल र १७ बर्षीया अंजली पटेलको विरगंज स्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *