परिणीतिका कारण अलग्गिएका थिए सुशान्त र अंकिता

1.3kViews
0 Shares

मुम्बई, ३१ जेठ  । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको बुधबार ३ वर्ष पुगेको छ । उनको १४ जुन, २०२० मा निधन भएको थियो । उनको निधनको ठूलो झड्का पूर्व प्रेमिका अंकिता लोखण्डेलाई भएको थियो । सुशान्त र अंकिताको प्रेमकथा आज पनि जोकोहीले सम्झन्छन् ।

सुशान्त र अंकिताको पहिलो भेट सन् २००९ मा टेलिफिल्म ‘पवित्र रिश्ता’को सेटमा भएको थियो । यही भेटले उनीहरु नजिकिएका थिए । उनीहरु नजिकिएनन् मात्र, ६ वर्षसम्म लिभ इन रिलेसनमा नै बसे । सुशान्तले अंकितालाई ‘झलक दिखला जा’को सेटमा विवाहको प्रस्ताव गरेका थिए, प्रस्तावलाई अंकिताले स्वीकारेकी थिइन् ।

तर जब सुशान्तले फिल्ममा पाइला चाले, उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । उनीहरुको सम्बन्धमा दरार आउने कारण थिइन्, अभिनेत्री परिणीति चोपडा ।

फिल्म ‘शुद्ध देसी रोमान्स’मा सुशान्तले अभिनेत्री परिणीति चोपडासँग रोमान्स गरेका थिए । उनीहरुले रोमान्सको क्रममा एकअर्काले चुम्बन गरेको दृश्य चर्चाको विषय बनेको थियो । सुशान्त र परिणीतिको चुम्बनको दृश्यबाट अंकिता यति रिसाइन् कि उनले सुशान्तलाई थप्पड नै हिर्काइन् । त्यसपछि विस्तारै सुशान्त र अंकिताको सम्बन्धमा दरार आउन थाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय