• Home
  • अन्तराष्ट्रिय खबर
  • न्युजिल्याण्डका प्रधानमन्त्री बाइडेनसँग असहमत, भन्छन, ‘सी जिनपिङ ‘तानाशाह’ होइनन्
Image

न्युजिल्याण्डका प्रधानमन्त्री बाइडेनसँग असहमत, भन्छन, ‘सी जिनपिङ ‘तानाशाह’ होइनन्

सिड्नी, ७ असार  । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानाशाह नभएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानाशाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका हुन । 

‘चीनको सरकारको रूप चिनियाँ जनताको लागि कुरा हो, यो उनीहरुको खुसीका कुरा हो,’ हिपकिन्सले पत्रकारहरूसँग भने ।

चिनियाँ जनताले पनि आफनो सरकार तानाशाह हो भनेर भनिरहेका छन नि भन्ने प्रश्नको जवाफ दिदै उनले भने, ‘यदि उनीहरू आफ्नो शासन प्रणाली परिवर्तन गर्न चाहन्छन् भने त्यो उनीहरूको कुरा हो ।’ 

हिपकिन्सले जुन २५ देखि ३० सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ, जसमा न्युजिल्यान्डका केही ठूला कम्पनीहरू समावेश रहेको व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछ। 

सो क्रममा चिनिया राष्ट्रपति सीसहित प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट गर्नेछन्।

बाइडेनले राष्ट्रपति सी जिनपिङलाई ‘तानाशाह’ भनेर उल्लेख गरेपछि चीनले बुधबार जवाफी प्रहार गरेको छ । ‘अमेरिकी राष्ट्रपतिको भनार्इै बेतुक र उत्तेजक छ, यसले दुवै पक्षलाई द्धन्द्धमा लैजाने छ, यो डरलाग्दो पनि छ भनि प्रतिक्रिया दिईसकेको छ ।
 

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni ४ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni ४ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *