• Home
  • समाचार
  • नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ सम्पन्न
Image

नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ सम्पन्न

वीरगञ्ज – नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा भएको प्रतियोगीता शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादवको विशेष उपस्थितीमा भएको कार्यक्रमका संयोजक हरिन्द्र प्रसाद कुशवाहा जानकारी दिनु भयो । औपचारीक कार्यक्रमको सहजीकरण काव्या एकेडेमीका प्रधानाध्यापक ममता कुशवाहाले गर्नु भएको थियो ।

प्रतियोगितामा प्राथमिक तहतर्फ जि.एच.पि विद्यालयका छात्र आयुष गुप्ता प्राथम, ज्ञान उदय विद्यालयकी छात्रा नितिन कानु द्वितीय, आईडिएल एकेडेमीकी रिदम राई तृतीय भएको बताईएको छ । यसैगरी माध्यमिक तहतर्फ डि.पि.एसका छात्र सिद्धार्थ श्रेष्ठ प्रथम, पियुष कुमार साह द्वितीय, सगरमाथा एकेडेमीका किशन साह तृतीय भएका छन । माध्यमिक (+२) तहतर्फ समित चौधरी प्रथम, डेसिमल स्कुलका आयुष चौरसिया द्वितीय, दिल्ली पब्लिक स्कूलका सुमेधा खण्डेवाल तृतीय भएको बताईएको छ । विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमका संयोजक हरिन्द्र प्रसाद कुशवाहा जानकारी दिनु भयो । आयोजक संस्थाले बुद्धि चाल जस्ता बौद्धिक खेलले विद्यार्थीहरूको राजनीतिक सोच, अनुशासन र खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *