For Youtvnepal long gif
Image

नेविसंघ मुगुले पाठ्यपुस्तक छिटो ल्याउन माग

काठमाडौं, २७ जेठ

मुगुमा पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ ।  नेविसंघ मुगुले मुगुमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो ।  शैक्षिकसत्र सुरु भएको दुई महिना हुन सक्दा पनि मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जिल्ला शिक्षा समन्वय इकाइ मुगुलाई ज्ञापनपत्र बुझाएर नेविसंघले तत्काल पाठ्यपुस्तक ल्याउन माग गरेकाे संघ मुगुका संयोजक सोविन्द्र बहादुर मल्लले बताए ।

उनका अनुसार शैक्षिक सत्र सुरु भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हाैँ । तत्का पाठ्यपुस्तक नआए सशक्त रुपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ ।

मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत १७ हजार विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक खरिदका लागि २८ लाख ४९ हजार ९७ रुपैयाँ  सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले हालसम्म पनि पुस्तक जिल्लामा ल्याउन सकेकाे छैन ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ६ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ६ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *