• Home
  • अर्थ
  • नेप्सेमा झिनो अंकको सुधार
Image

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौ,  ७ असार ।  सेयर बजार ४.७५ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५२ बिन्दुमा पुगेको छ । २२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।

चारबाहेक सबै उपसूचक राताम्मे भएको छ। होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ। त्यस्तै, जीवन बिमा कम्पनी, निर्जिवन बीमा र अन्य क्षेत्रको उपसूचकमा सुधार देखिएको छ।

सोल्टी होटलमा लगानीकर्तहरुको आकर्षण बढी देखिएको छ  ।   हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आइएमयृ प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको सेयर सर्वाधिक कारोबारको लिस्टमा पर्न सफल भएको छ।

सिटिजन्स म्युचूअल फण्ड १ को शेयरमूल्य सर्वाधिक घटेको छ । फण्डको शेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ । इङ्वा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, कालिका पावर कम्पनी, एनआईबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *