• Home
  • समाचार
  • नेपाल सुपर लिगः पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त
Image

नेपाल सुपर लिगः पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन् ।यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन् । यो खेल मंगलबार हुने छ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो ।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०–१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् । त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८(८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् । नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *