• Home
  • समाचार
  • नेपाल वेयर हाउजिङले गर्यो सर्वसाधारणका लागि आइपिओ खुला
Image

नेपाल वेयर हाउजिङले गर्यो सर्वसाधारणका लागि आइपिओ खुला

काठमाडौं । आजदेखि नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ता सेयर जारी गरेको हो। कम्पनीको प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरेको हो।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।यसमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले १३ लाख ७५ हजार कित्ता बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये, कम्पनीले पहिलो चरणमा १ लाख ३७ हजार पाँच सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले २७ हजार पाँच सय कित्ता सेयर कर्मचारी र ८८ हजार सात सय ५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई ुबी बी माइनस रेटिङु प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको जनाउँछ। हिमालयन क्यापिटल सेयर बिक्री प्रबन्धक छ।

नेपाल बेयर हाउजिङ कम्पनी कृषि उत्पादनहरूको भण्डारणको लागि स्थापना भएको कम्पनी हो। किसान, संकलक, व्यापारिक, औद्योगिक प्रयोजनको लागि खाद्यान्न भण्डारण गर्ने काम कम्पनीको हो। कम्पनीले लिलामी, बल्क ढुवानी, गुणस्तर ग्यारेण्टी लगायतका काममा पनि हात हालेको छ।

१५ हजार मेट्रिक टन भण्डारण क्षमता रहेको यस कम्पनीको मुख्य सहित तीन भण्डार छ। दुईटा भण्डारको काम लगभग सम्पन्न हुने चरणमा छ। २०७४ जेठमा स्थापना भएको कम्पनी २०७५ भदौमा पब्लिकमा रुपान्तरण भएको थियो।

कम्पनीले आइपिओबाट प्राप्त गर्ने पुँजी मेसेनरी जडान खर्च तिर्न र उपकरणहरू जडान गर्न प्रयोग गर्ने भएको छ। सेयर बजार जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ लाख रूपैयाँ पुग्नेछ। कम्पनीमा प्रोबायोटक इण्डष्ट्रिजको सबैभन्दा धेरै २२.३३ प्रतिशत, शिखर इन्स्योरेन्स कम्पनीको ८.७३ प्रतिशत सेयर स्वामित्व छ। यसका मुख्य सेयरधनीमा निम्बस समूह छ।

कम्पनीको अध्यक्षमा आनन्द कुमार अग्रवाल बगडिया छन्। अन्य सञ्चालकमा शिखर इन्स्योरेन्सबाट दिप प्रकास पाण्डे, श्रीनगर एग्रो फर्मबाट सरिता चन्द श्रेष्ठ लगायत छन्। कम्पनीको इन्टरनल रेट अफ रिर्टन १५.१९ प्रतिशत छ। डिस्काउन्टेड पे ब्याक पिरियड १३.६५ वर्ष छ।

कम्पनीको आम्दानी दुई करोड १६ लाख छ। निर्माण कै चरण रहेकोले कम्पनी २०७९–८० मा कम्पनी चार करोड ८७ लाख रूपैयाँ नोक्सानमा छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ८५ रूपैयाँ ५५ पैसा छ। नोक्सानमा रहेकोले कम्पनीको प्रतिसयर आम्दानी नकारात्मक छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *