• Home
  • अर्थ
  • नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?
Image

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?

काठमाडौ,  ११  असार । नेपाल रिपब्लिक मिडियाको आईपीओ सोमबारबाँडफाँट भएको छ । यसमा ३ लाख ६१ हजार ९८९ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, यी मध्ये १ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पार्न सफल भएका छन् । 

यो आईपीओका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकले आवेदन दिएकामा ७१ हजार १९८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्याटिलले जानकारी गराएको छ । बाँडफाँट कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठले गोलाप्रथा गर्ने बल तानेका थिए ।

कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२% अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरेको थियो ।

यस्तै, ५ प्रतिशतले हुने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो । 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल रिपब्लिक मिडियाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *