Trending

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन

1.1kViews
0 Shares

काठमाण्डौ  पुस ७

देशभरिका २ सय ९३ नगरपालिकाको साझा सङ्घ नेपाल नगरपालिका सङ्घको अध्यक्षमा भीम ढुङ्गाना चयन हुनुभएको छ ।

काठमाण्डौमा भएको आठौँ महाधिवेशनले धादिङको नीलकण्ठ नगरपालिका मेयर ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, महासचिवमा नरुलाल चौधरी, उपमहासचिवमा सुनिता डङ्गोल, कोषाध्यक्षमा विमला राई र सहकोषाध्यक्षमा मीनाकुमारी लामा रहनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।

हिजो काठमाण्डौमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशनले २५ बुँदे घोषणापत्र समेत जारी गरेको छ । नगरपालिका सङ्घले पालिकाको २२ वटा एकल अधिकार सूची उपभोग सुनिश्चित गर्न सङ्घ र प्रदेश सरकारसँग माग गरेको छ । साथै जनप्रतिनिधिको सेवासुविधा एकरूपता कायम हुनुपर्ने माग पनि राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय