• Home
  • खेलकुद
  • नेपाल टी–२० : सुपर ओभरमा लुम्बिनीले फार वेस्टलाई हरायाे
Image

नेपाल टी–२० : सुपर ओभरमा लुम्बिनीले फार वेस्टलाई हरायाे

काठमाण्डाै पुस १३

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएकाे पहिलाे खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायाे । सुपर ओभरमा लुम्बिनीले दिएकाे २० रनकाे लक्ष्य पछ्याएकाे फार वेस्टले १० रनमात्र बनाउन सक्याे । 

यसअघि फार वेस्टले दिएकाे एक सय ३८ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३७ रन बनायाे । लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका करण केसी र शेर मल्लले दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनायाे । फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२ रन बनाए । लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए ।

लुम्बिनी लगातार चाैथाे जित निकाल्दै आठ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । एक खेल कम खेलेकाे फार वेस्ट दुई अङ्कसहित चाैथाे स्थानमा छ ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *