• Home
  • खेलकुद
  • नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई ३ रनले हरायाे
Image

नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई ३ रनले हरायाे

काठमाण्डाै  पुस १०

नेपाल टी–२० क्रिकेट लिगको आज आइतवारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले विराटनगरलाई तीन रनले हरायो । लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा छ विकेट गुमाएर एक सय ५४ रनमात्रै बनायो । उसका लागि पाकिस्तानका हुसाइन तलातले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले श्रीलङ्काका लाहिरु मिलन्थाको ८० रनकाे मद्दतमा एक सय ५७ रन बनाएको थियो । आजको जितसँगै लुम्बिनी दुई खेलमा चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै आजको दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र जनकपुर रोयल्स खेलिरहेका छन् । हिजो शनिवार भएको उद्घाटन खेलमा पोखरा काठमाण्डौ नाइट्ससँग पराजित भएको थियो ।

जनकपुरले आज पहिलो खेल खेल्न लागेको हो । छ टोली सहभागी प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउन्डमा भइरहेको लिगमा ३४ खेल हुनेछ । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Related Posts

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni १५ घण्टा अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ४ दिन अगाडि

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *