• Home
  • खेलकुद
  • नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी
Image

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

काठमाण्डाै  पुस १४

नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो ।

पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । विराटनगरका रोहित पौडेलले अविजित ७१ रनको अर्धशतक बनाए । गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन जोडे । पोखराका अमिर हम्जा र जाहिर खानले एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । पोखराका अमिर हम्जाले ३७ रन र सुमित महर्जनले २६ रन बनाए । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम, राज नानन र नन्दन यादवले एक/एक विकेट लिए । यो जितसँगै विराटनगरले चार खेलमा चार अंक जोडेको छ । विराटनगर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा अंकविहीन पोखरा पुछारमा छ । 

आज हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुँदैछ । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । जनकपुरले तीन खेल खेलेकोमा दुई जितका साथ ४ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । फार वेस्टले ३ खेलमा एउटा जितेको छ । फार वेस्ट पाचौँ स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा ६ टोली सहभागी छन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १५ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २० घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *