
बिरगंज ,१६ गते
नेपाल चिकित्सक संघ,नारायणी शाखाले चुनाव गरी नया कार्यकारणी समिती गठन भएको छ ।
शनिबार,बिरगंजमा सम्पन्न निर्बाचनना निकटतम प्रतिद्वन्दि डा.सुमन प्रसादलाइ १२६ मतले पराजित गर्दै डा.मनोज कुमार गुप्ता अध्यक्ष पदमा निर्बाचित भएको हुन् । भने डा.सुमन प्रसादले कुल ७९ मत मात्र पाएका थिए।
सचिवमा डा.नौसाद हक १५२ मत ल्याई निर्बाचित भएका हुन् ,भने उनका प्रतिस्पर्धी डा.महेश्वर प्रसादले १३० मत प्राप्त गरेका थिए ।
कार्यकारणी सदस्यमा भने डा.स्मिता सिंह १८८ मत,डा.बिबेक कुमार यादव १७६मत,डा.अजय कुमार यादव १७३ मत,डा .रामाशंकर प्रसाद गुप्ता १६५ मत,डा.नविन प्रसाद यादव १५६मत,डा.आकाश राय १४८ मत ल्याई सदस्यपदमा बिजयी भएका हुन् ।भने,पराजित हुनेमा डा.पप्पु कुमार जैसवालले१३८ ,डा.उमेश सरार्फ १३६मत ल्याई सिमित भएका थिए ।
यसैगरी ,नेपाल चिकित्सक संघ ,नारायणी शाखाको उपाध्य्क्षमा डा.आनन्द कुमार चौरसिया र कोषाध्यक्षमा शास्वत प्रसाद निर्बिरोध निर्बाचित भएका छन ।
१० जना पदको लागी भएको निर्बाचनमा कुल २८५ मत खसेको थियो ।यस चुनावमा नारायणी अन्चलका बिभिन्न जिल्लाहरु जस्तै:बारा,पर्सा,रौतहट,सर्लाही,मकवानपुरबाट चिकित्सकहरुको सक्रिय सहभागिता रहेको थियो ।
चुनावमा डा.मनोज कुमार गुप्ता र डा.सुमन प्रसादले अलग अलग प्यानल बनाई संघर्स गरेको थिए ,भने डा.अजय यादवले स्वतन्त्ररुपमा सदस्य पदमा निर्बाचन लडेर निर्बाचित भएका छन ।












