Trending

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो

825Views
0 Shares

काठमाडौं । असार ८ गते
चालु आर्थिक वर्ष २०७८–७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

गत आर्थिक वर्ष २०७७–७८ को सुरुवाती एघार महिनामा नेपाललको कूल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको थियो । उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २९।५ प्रतिशतले वृद्धि भएको छ । सो समयमा कूल वैदेशिक व्यापार घाटा २५ प्रतिशत, आयात २७।५ प्रतिशत, निर्यात ५३।३ प्रतिशत र व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय