• Home
  • Uncategorized
  • नेकपा एमाले प्रवेश घोषणा गरिसकेका बीरगन्जका चर्चित नेता राजेशमान सिंहले शुक्रबार बीरगन्जमा होली मिलन कार्यक्रम सम्पन्न गरेका छन्
Image

नेकपा एमाले प्रवेश घोषणा गरिसकेका बीरगन्जका चर्चित नेता राजेशमान सिंहले शुक्रबार बीरगन्जमा होली मिलन कार्यक्रम सम्पन्न गरेका छन्

वीरगंज ।

बीरगन्जको आर्दशनगरस्थित स्वीमिंग पुल परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा नेकपा एमाले पर्साका चर्चित नेताहरुदेखि नेपाली काँग्रेस, जसपा, लोसपा लगायतका पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता केन्द्रिय सदस्य प्रभु साह, राजकुमार गुप्ता, विचारी यादव, नवराज शर्मा, लोसपा नेता शिव पटेल, नेपाली काँग्रेसका नेता अजय दुवेदी, श्याम पटेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वरिष्ठ उद्योगपति अशोक वैद्य,प्रेम बाबू पटेल,मुकेश दुवेदी ,उमेश सहनी,आशुतोष चतुर्बेदी लगायतका कार्यकर्ता तथा बीरगन्जका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वको सहभागिता रहेको थियो ।
होलीको रंग, नेकपा एमालेसँग भन्ने नारा सहित आयोजना गरिएको होली मिलन समारोहमा सबैले एक अर्कालाई अबिर माला लगाएर होलीको शुभकामना आदानप्रदान गरेका थिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *