मधेश प्रदेश सरकारको खेलकुद तथा सामाजिक कल्याण मन्त्रालयले निषेश कुमार श्रेष्ठलाई मधेश खेलकुद परिषद्को सदस्य पदमा नियुक्त गरेको छ। मधेश प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा ९ को उपदफा (२क) बमोजिम, मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रीस्तरीय निर्णय अनुसार २०८२ साउन २२ गतेबाट उनको नियुक्ति गरिएको हो।
नियुक्तिसँगै मन्त्रालयले श्रेष्ठको कार्यकाल सफल र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मधेश प्रदेशको खेलकुद क्षेत्रमा प्रवर्द्धन तथा समग्र विकासमा उल्लेखनीय योगदान रहने अपेक्षा व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार, यो नियुक्तिपत्र निमित्त प्रदेश सचिव रंजित कुमार यादवको हस्ताक्षरमा जारी गरिएको हो।












