Trending

निर्णायक मानिएको कांग्रेस र माओवादीको बैठक बालुवाटारमा सुरु

925Views
0 Shares

काठमाण्डाै पुस १०

सरकारको नेतृत्वका लागि निर्णायक मानिएको कांग्रेस र माओवादीको बैठक सुरु भएको छ । बैठक केहिबेर अघि बालुवाटारमा सुरु भएको हो । आजको बैठक मुख्य गरी सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्नेबारेमा केन्द्रित छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा घर्किनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न भने सकेको छैन । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ ।

राष्ट्रपति भण्डारीले गएको पुस ३ गते  दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । सत्तागठबन्धनका पाँच  दल  कांग्रेस, माओवादी  केन्द्र, नेकपा (एकीकृत  समाजवादी), लोकतान्त्रिक   समाजवादी   पार्टी र  राष्ट्रिय  जनमोर्चा सरकार गठन र शक्ति बाँडफाँटको औपचारिक सहमति जुटाउन निरन्तर गृहकार्यमा छन् ।

सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पदमा जिम्मेवारी बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारका  प्रवक्ता  तथा  सञ्चार  तथा  सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूबीच सहमतिको खाका निर्माण गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । माओवादीलाई मनाउन देउवाले दुई विकल्प अगाडि सार्नुभएको छ ।

एकीकृत समाजवादीलाई राष्ट्रपति दिने र माओवादीलाई सभामुख दिने उहाँको प्रस्ताव छ । तर कांग्रेसभित्रै राष्ट्रपति छाड्न नहुने अडान पनि छ । आज सहमति नभए ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस सभापति देउवाको रणनीति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय