• Home
  • अर्थ
  • नारायणी डेभलपमेन्ट बैंकले बोलायो एजीएम
Image

नारायणी डेभलपमेन्ट बैंकले बोलायो एजीएम

काठमाडौ,  ३० जेठ । नारायणी डेभलपमेन्ट बैंकले २१औं वार्षिक साधारणसभा आगामी १ असारमा बोलाएको छ । सभा होटल मोनालिसा, सौराहा चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । यता, बैंकले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । 

सभामा बैंकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ ।  

सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले असार १०  बुक क्लोज गर्ने जनाएको छ । यसआधारमा ९ असारसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *