• Home
  • ताजा समाचार
  • नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ कारबाही गर्न चिकित्सक संघको माग
Image

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ कारबाही गर्न चिकित्सक संघको माग

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ कारबाही गर्न चिकित्सक संघको माग
वीरगंज ४ बैशाख ।
वीरगंजस्थित नारायणी अस्पतालको अप्रेशन कक्षमै पसेर चिकित्सकमाथि गालीगलौज तथा हातपात भएको छ । सोही घटनाप्रति नेपाल चिकित्सक संघ नारायणीले सोमवार एक प्रेस विज्ञप्ती जारी गरी आपत्ती जनाएको छ ।
चिकित्सकमाथि हातपात तथा गालीगलौज गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले माग गरेको छ । संघका नारायणी शाखा सचिव डा. नौसाद हकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती अनुसार आइतवार राती पौने ९ बजे स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. तरन्नुम अफरोज माथि बिरामीका आफन्तले आपत्तीजनक गाली गलौजका साथै सांघातिक आक्रमण गरेका थिए ।
कुनै पनि चिकित्सकले बिरामीको कुभलो नचिताउने हुँदा बचाउने प्रयास गर्दागर्दै पनि बच्चालाई बचाउन नसकिएको जानकारी बिरामीका आफन्तलाई गराउँदा उनीहरुले दुव्र्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ । चिकित्सकमाथि छानबिन गर्ने प्रशस्तै कानुनी व्यवस्था हुँदा हुंदै पनि कानुनको उलंघन गर्दै चिकित्सकमाथि आक्रमण गर्नु कानुनी राज्यको उपहास भएको विज्ञप्तीमा भनिएको छ ।
डाक्टर नौशादका अनुसार आइतबार जटील अवस्थामा ल्याइएकी बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालकी गर्भवती महिला अमरावती देवीलाई आकस्मिक सुत्केरीका लागि अप्रेशन थिएटरमा लगेर डाक्टर अफरोजले शल्यकृया मार्फत प्रसूती गराएकी थिइन् ।
तर सिकिस्त अवस्थामा जन्मिएका शीशुलाई बचाउन असफल भएपछि त्यसैको आक्रोशमा बिरामीका आफन्तहरुले अप्रेशन थिएटरमा पसेर डाक्टर अफरोजमाथि हातपात गर्नुका साथै गाली गलौज गरेका थिए ।
उक्त घटनामा संलग्नमध्येका केहि व्याक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकाहरु विरुद्ध प्रहरीले हदैसम्मको कानूनी कारबाही नगरे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी चिकित्सक संघ नारायणी शाखाले दिएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *