• Home
  • ताजा समाचार
  • नवनिर्वाचित सांसदहरूकाे प्रतिबद्धता : अब जुम्लामा जथाभावी सडक खन्न दिदैनाैं
Image

नवनिर्वाचित सांसदहरूकाे प्रतिबद्धता : अब जुम्लामा जथाभावी सडक खन्न दिदैनाैं

काठमाडौं, १४ मंसिर

जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाही, प्रदेशसभा सांसदद्धय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्यालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले बुधबार आयाेजना गरकेाे बधाई कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रतिनिधिसभा सांसद शाहीले जुम्लाका हरेक नागरिकको समस्या समाधानका लागि पहल गर्ने बताए । उनले भ्रष्टाचारका कारण देश बिग्रिएकाे र अब भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने घाेषणा गरे । उनले भने ‘जुम्लामा सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनेछु । डोजर आतंकले बाढीपहिरो बढेकाे छ । अनाश्वक सडक अब निर्माण गरिदैन । अहिले भएकै सडकमा सवारीसाधन सन्चालन हुन सकेकाे छैन । जथाभावी सडक खन्दा आएकाे बाढीपहिरोले मान्छेले ज्यान समेत गएकाे छ ।’

त्यस्तै प्रदेश (क) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाहीले कांग्रेसले अन्याय गरे पनि मतदाताले न्याय गरेर निर्वाचित गराएकाे बताए । उनले भने, ‘पार्टीले अन्याय गरेकै कारण स्वतन्त्र उम्मेदवारी दिनु पर्‍यो । अब आपसमा समन्वय र सहकार्य गरेरै जुम्लाको विकासमा लाग्छाै ।’

प्रदेश सभा (ख)बाट निर्वाचित सांसद टेकराज पछाईले जुम्ला समृद्ध बनाउने मेरो योजना रहेको बताए । उनले भने, ‘प्रदेशसभा (ख)तर्फ जुम्लामा चार गाउँपालिका छन् । यिनै पालिकामध्ये सबैभन्दा पछि परेको कनकासुन्दरी गाउँपालिको बुम्रमाडीचौर क्षेत्र र तिला गाउँपालिकाको राँसा मालापानी, घोडेमहादेव क्षेत्र पछाडि परेकाे छ । बजेट र योजनामा यिनै क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर काम गरिने छ ।’

सिंजा उपत्यका र त्यो क्षेत्र हुँदै नाग्म-गमगढी सडकको स्तरवृद्धिका लागि बजेट व्यवस्थानमा जोड दिनुका साथै प्रदेश सभामा आवाज उठाउने उनले प्रतिबद्धता जनाए । 

पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रसंसा गर्ने र गतल कामविरुद्ध खबरदारी गरिने बताए ।


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *