• Home
  • अर्थ
  • नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता
Image

नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता

काठमाडौं, १२ असोज
नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता भएको छ। 

नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउने भएका हुन् । 

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरका तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक-मुख्य बिक्री र मार्केटिङ अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरूमा छुट हुने भएकोे छ ।

कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए। उनले यस किसिमका छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए ।

कार्यक्रममा वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाबाट जटिल रोगहरु जस्तै– मिर्गौला, लिभर, बोनम्यारोको प्रत्यारोपन, मुटुको शल्यक्रिया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताले पाउने सेवामा ढुक्क हुन आग्रह गरे । 

नबिलले उक्त कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरु’ विषयक छलफल गराएको थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र डा. सन्दीप बुद्धिराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाले प्यानलमा बोल्दै दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरु सजग रहनु जरुरी रहेको बताए ।

बढ्दो सहरीकरण, स्वास्थ्यमा जागरुकताको कमी, स्वास्थ्य शिक्षामा फितलो अभ्यास, रोग तथा स्वास्थ प्रतिको मनोवृत्तिले लोप भइसकेको रोगहरु पुनः महामारीका रुपमा फैलिनुका कारण रहेको डा. पुनले जानकारी दिए । 

सर्ने र नसर्ने दुवै रोगहरुको उत्तिकै जोखिम रहेको उल्लेख गर्दै उनले सजग भई खानपान र रहनसहनमा ध्यान दिन डा. बुिद्धराजाले सुझाव दिए ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ४ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ४ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *