• Home
  • ताजा समाचार
  • धनुषाका धानुक दासको हत्या आरोपमा जेठी श्रीमती र छोरासहित ३ जना पक्राउ
Image

धनुषाका धानुक दासको हत्या आरोपमा जेठी श्रीमती र छोरासहित ३ जना पक्राउ

काठमाण्डाै पुस २०

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्यामा संलग्न रहेको आरोपमा जेठी श्रीमती र छोरासहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले किरिया बसेका २० वर्षका छोरासहित तीन जनालाई पक्राउ गरेको हो । गएको पुस १० गते भएकाे हत्यामा संलग्न मुख्य व्यक्ति फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । सम्पत्ति विवादको कारणले परिवारकै संलग्नतामा हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

दास घरमै ग्यारेज तथा ग्यासको पसल सञ्चालन गर्दै आएका थिए । मोटर मर्मत गर्ने विषयमा सेवाग्राही बनेर कुराकानी गर्न आएको व्यक्तिले गोली प्रहार गरी फरार भएको स्थानीयवासीहरुले बताएका छन् ।

दुईवटा विवाह गरेका दासको जेठी श्रीमतीतर्फ १८ र २० वर्षका दुई छोरा तथा कान्छी श्रीमतीतर्फ एउटा छोरी छन् । दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।  

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ५ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *