काठमाडौँ — आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहाइ गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।
प्रसाईंका छोरा निराजन प्रसाईंले गत मंसिर ३ गते दर्ता गरेको उक्त निवेदन आज (मंसिर ४, २०८२) न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा पहिलो सुनुवाइका लागि पेशी तोकिएको छ।
पक्राउको कारण:
-
प्रहरीले प्रसाईंलाई गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो।
-
उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।
-
उनको घोषणा र भड्काउपूर्ण अभिव्यक्तिले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले पक्राउ गरेको थियो।
-
प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए।















