Image

दाङका सबै क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा

काठमाडौं, १ मंसिर

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दाङका तीन वटा निर्वाचन क्षेत्रमा मुख्य दुई पक्षीय प्रतिष्पर्धा देखिएको छ । सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा देखिएको हो ।
दाङ–१
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरी मुख्य प्रतिष्पर्धामा छन् । उनीहरू दुवैजना ०७४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक सांसद थिए । यिनै दुईबीच अहिले मुख्य प्रतिष्पर्धा भइरहेकाे छ । 

निर्वाचन क्षेत्र नं. १ को (१) बाट प्रदेशसभा सदस्यमा एमालेबाट गंगाराम भट्टराई, माओवादीबाट लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारु बीच प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. १ को (२) मा कांग्रेसबाट अनुराग खड्का, एमालेबाट कुलबहादुर खत्री क्षेत्रीबीच प्रतिष्पर्धा रहेको छ । 

दाङ–२
प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल र सत्तापक्षीय गठबन्धनको तर्फबाट माओवादीकी पोलिटब्यूरो सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा प्रमुख प्रतिष्पर्धी छन् । अपुरा कामलाई संघीय सरकारमार्फत पुरा गराउने र दाङका जानताको चाहनाअनुसार काम गर्ने पोखरेलले प्रतिबद्धता जनाएका छन् । ०७४ को निर्वाचनमा दाङ २ (१) बाट उनी प्रदेशसभामा विजयी भएका थिए ।
  
पाेखरेलकाे प्रतिस्पर्धामा संघीय सामान्य प्रशासन मन्त्री भैसकेकी रेखा शर्मा छिन् । दाङकी छोरी शर्मा यस क्षेत्रकाे विकासकाे याेजनासहित मैदानमा आएकी छिन् । ०६४ र ०७४ को निर्वाचनमा समानुपातिक  सांसद बनेकी शर्मा यो निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा उत्रिएकी हुन् । यी दुईमध्ये शंकर पोखरेल बलिया उम्मेदवार मानिएका छन् ।

यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ बाट प्रदेशसभाका लागि एमालेबाट बलिभद्र राना र कांग्रेसबाट राजु खनालबीचमा प्रतिष्पर्धा रहेको छ । निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि  एमालेका गिरिराज केसी, कांग्रेसका प्रचण्डविक्रम न्यौपाने बीचमा प्रतिष्पर्धा रहेको छ । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घोराही र तुलसीपुरका अधिकांश वडा एमालेका उम्मेदवारले जितेका छन् । बंगलाचुली गाउँपालिकाको अधक्ष्य र उपाध्यक्ष गठबन्धनका उम्मेदवारले जितेका थिए ।  

दाङ–३
क्षेत्र नं. ३ मा  प्रतिनिधिसभा सदस्यका लागि एमालेका केन्द्रीय सदस्य कोमल ओली र सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीबीच प्रतिष्पर्धा हुने अवस्था छ । वली ०७४ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् ।  गिरी पूर्व सिँचाइ मन्त्री हुन् । 
 
प्रदेशसभातर्फ ३ (१) मा एमालेबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरीबीचमा प्रतिष्पर्धा हुने स्थिति छ । निर्वाचन क्षेत्र नं. ३ (२)मा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धनबहादुर मास्कीबीचमा कडा प्रतिष्पर्धा रहेको मतदाताहरू बताउँछन् । 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *