Trending

दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा

1.4kViews
0 Shares

न्युर्योक, २५ जेठ । अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन् । 

न्यूयोर्क पोस्टका अनुसार सिएनएनका कर्पोरेट अभिभावक वार्नर ब्रदर्स डिस्कवरीले क्रिस लिच्टले दिएकाे राजीनामा तुरुन्तै कार्यान्वयन गरिएको जानकारी दिएका छन् । लिच्टले गत मे २०२२ मा सीईओ भएर पदभार ग्रहण गरेका थिए । 

उनले कर्मचारीहरूलाई दिइएको जानकारी अनुसार अन्य अवसरका लागि सिएनएनवाट अचानक राजीनामा दिनु परेकाे हाे ।  वार्नर ब्रदर्स डिस्कभरीका सीईओ डेभिड जास्लाभ र वार्नर ब्रदर्स डिस्कभरीका अन्य कार्यकारीहरूलाई साथ दिएकोमा उनले धन्यवाद दिए भने सिएनएनमा उनीहरुसँग काम गर्न पाएको गर्व गरेको पनि भन्न छुटाएनन । तर, उनले नेटवर्कका केही दिग्गज कर्मचारीहरूको विरोधको भने उनले चुनाैती सामना गरिरहनु परेको बताईएको छ । 

उनको याे राजीनामा भने सिएनएनका लागि भने ठूलो झटका हो  । लिच्टको राजीनामा यस्तो समयमा आएको छ, जब सीएनएनले धेरै चुनौतीहरूको सामना गरिरहेको छ।  हालका वर्षहरूमा नेटवर्कको दर्शक र अनलाइन पाठकको पनि संख्या घटेको छ । सिएनका प्रतिद्वन्द्वीहरू फक्स न्यूज र एमएसएनबीसी भने सिएनएनलाइ क्रमशः छाडेर अगाडी बढिरहेको अवस्था थियो ।

उनी सिएनएनलाई अझ बढी उचाईमा लैजानका लागि चीजहरूमा परिवर्तन गर्न खोज्दै थियो, त्यही बेला उनको राजिनामा आएको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई टेलिभिजन समाचार उद्योगमा उदाउँदो ताराको रूपमा हेरिदैँ आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय