• Home
  • ताजा समाचार
  • दर्जनभन्दा बढी पटक चुनाव लडेका याेगी भन्छन्- अहिलेका नेतामा इमान्दारिता भेट्दिन
Image

दर्जनभन्दा बढी पटक चुनाव लडेका याेगी भन्छन्- अहिलेका नेतामा इमान्दारिता भेट्दिन

काठमाडौं, ३० कात्तिक 

डिलाशैनी गाउँपालिका-६ का गोविन्दनाथ योगी अहिले ७९ बर्ष पुुगे । २००१  सालमा जन्मिएका उनी ०५६ सालअघिका करिब एक दर्जन चुनाव लडेका व्यक्ति हुन् । याेगीलाई प्रधानपञ्चदेखि  वहुदलीय व्यवस्थामा सांसदसम्ममा चुनाव लडेको अनुभव छ । याेगी कतिपय चुनावमा सफल बने भने केहीमा जित पनि भए । उनी प्रधानपञ्च र जिल्ला पञ्चायतको चुनावमा भने सधै सफल भए । 

सुरुदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ०५६ सालमा भने हरियाली नेपाल पार्टीबाट आँप चुनाव चिन्ह लिएर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दविरुद्ध उत्रिएका थिए । त्यसयता उनी चुनाव लडेका छैनन् । ‘जिल्ला पञ्चायतमा जिल्लाको विकास निर्माणका लागि वार्षिक बजेट जम्मा  पाँच लाख आउथ्यो भने गाउँपञ्चायतमा वार्षिक बजेट जम्मा ६० रुपैयाँ आउँथ्यो । उक्त रकम सचिवले विभिन्न ठाउँमा यात्रा गर्दा खर्च हुुन्थ्यो ।’ याेगीले भने । 

उनी विद्यालय, बाटो, चौतारो, कुवा निर्माणलगायतका काम गरेको सम्झन्छन् । साथै खाद्यन्न संकटका वेला अमेरिकी मकै वितरण गरेको उनलाई याद छ । एक पटक चुनाव लड्दा सुुरक्षा चुनौती भएपछि प्रमुख जिल्ला अधिकारीले जिल्लामा बोलाए । प्रमुख जिल्ला अधिकारीले प्रहरीको सुरक्षा दिने भनेपछि उल्टै प्रहरीबाटै आफुलाई सुरक्षाको चुनौती रहेको बताएकाे उनी सुनाउँछन् ।  

याेगी अहिले भने एमालेलाई साथ दिँदै आएका छन् । सदस्यता कुनै पार्टीको नभए पनि एमालेलाई भोट मागिरहेको बताउँछन् । नाथले युवक संगठन, किसान संगठनलगायत विभिन्न संगठनहरुको नेतृत्व गरेको बताउछन् । 

उतिबेला नेता भैदिनु पर्यो भन्दै गाउँलेहरु एक जनालाई अगाडी बढाउँथे, अहिले नेता बन्न लडाई हुने गरेकाे उनी बताउँछन् । जसको घरमा बढी धान हुन्छ उसैलाई प्रधान भन्ने चलन थियो । कक्षा ५ सम्म अध्ययन गरेका उनले दर्जनभन्दा बढी पटक चुनाव लडे पनि अब भने चुनाव लड्ने रहर छैन् ।  

याेगी नाै छोरी र दुई छोराका बाबु हुन् । उनकी एक छोरीले माओवादी द्धन्द्धमा सामेल हुँदा ज्यान गुमाइन् ।  उनलाई अहिलेका नेताहरूमा इमान्दारिता घटेको महसुस हुन्छ । नयाँ राजनितिकर्मीलाई बोलेका वाचा पुरा गर्न र पुरा नहुने आश्वासन नदिन उनको आग्रह छ । 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १५ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २० घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *