Image

थियटरमा सुपरहिट ‘द केरल स्टोरी’ ओटिटी प्लेटफर्म भने विक्री भएन

मुम्बई, १० असार । सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यो वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो ।

थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यो फिल्म छिट्टै ओटिटीमा आउनेमा सबै आशावादी थिए । तर बिडम्बना हालसम्म फिल्मले कुनै पनि ओटिटी प्लेटफर्म पाउन सकेको छैन ।

निर्देशक गुप्तोका अनुसार हालसम्म कुनै पनि ओटिटी प्लेटफर्मले फिल्मका लागि सही अफर गरेका छैनन् । ‘हामी एक राम्रो ओटिटी प्लेटफर्मबाट राम्रो व्यापारिक सम्झौताको पर्खाइमा छौं । तर अहिलेसम्म हामीले विचार गर्न लायक कुनै पनि अफर आएको छैन । यस्तो लाग्छ कि फिल्म उद्योग हामीलाई दण्डित गर्न एकजुट भएका छन्’, निर्देशक गुप्तोले भने ।

उनको बुझाईमा फिल्मले बक्सअफिसमा पाएको सफलताले कैयौं वर्गलाई हैरान बनाएको छ । त्यसकारण पनि मनोरञ्जन उद्योगका एक वर्ग उनीहरुको सफलतालाई सजाय दिन एकजुट भएको उनको दाबी छ । तर डिजिटल प्लेटफर्महरुले भने राजनीतिक रुपले कुनै पनि विवादास्पद बस्तुलाई अगाडि बढ्न नचाहेको बताएका छन् ।

‘केरल स्टोरीले बक्सअफिसमा राम्रो प्रदर्शन गर्यो । यद्यपि फिल्मको विषयवस्तु केही यस्तो छ, जुन दर्शकको एक निश्चित वर्गमा जबरजस्ती आक्रोश पैदा गर्न सक्छ । यो तथ्यलाई हेर्दै कुनै पनि प्रमुख ओटिटी प्लेयर फिल्म लिन तयार छैनन्’, एक प्रमुख ओटिटी प्लेटफर्मका बजार व्यवस्थापकले भनेका छन् । ती व्यवस्थापकको बुझाईमा ओटिटी प्लेफर्मले अधिक बुद्धिमान, विचारोत्तेजक र मनोरञ्जक विषयमा ध्यान केन्द्रीत गरिरहेको छ । यो अवस्थामा द केरल स्टोरी जस्तो शैलीका कथा प्लेटफर्ममा फिट हुँदैनन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni ४ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni ४ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *