Trending

त्रिविका करार प्राध्यापकलाई स्थायी गराउने निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनको अपिल

895Views
0 Shares

काठमाडौं । मंसिर १६ गते
संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न माग गरेको छ । सत्तारूढ गठबन्धनमा आबद्धसहित विभिन्न ६ वटा विद्यार्थी संगठनहरूले एक विज्ञप्ति जारी गर्दै करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा १४ मंसिरमा बसेको त्रिवि सभा बैठकले १० वर्षदेखि करारमा रहेका प्राध्यापक र कर्मचारीलाई स्थायी गराउने निर्णय गरेको थियो । त्रिवि सेवा आयोगको विधानलाई पाखा लगाउँदै त्रिवि र राज्यलाई झण्डै १ अर्ब ५ करोड बढी व्ययभार पर्नेगरी गरिएको निर्णय तत्काल खारेज गर्न माग गरिएको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुकी महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनाराययण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै निर्णय खारेज गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय