Image

तीन पत्रकार चुनावी मैदानमा

काठमाडौं, २५ वैशाख

स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् ।

महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका-१ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका-६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन् । तीनैजना माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन् ।

रसुवामा पाँचवटा पालिका छन् । जसमा २७ वटा वडा छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । निर्वाचनमा चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदका लागि निर्वाचन हुनेछ । जसमा पाँचजना निर्विरोध भइसकेका छन् । तीन पदमा उम्मेदवारी नै परेको छैन । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *