For Youtvnepal long gif
Image

तीन दिन देखी रुसमा फसेका एअर इन्डियाका यात्रुहरु अमेरिका प्रस्थान गरे

मस्को, २५ जेठ । रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन बिमान अमेरिका प्रस्थान गरेको छ ।

नयाँ दिल्लीवाट २ सय ३२ जनालाई लिएर उडेको बिमानमा समस्या देखा परे पछि रुसमा आकस्मिक अबतरण भएको बिमानको सट्टा अर्को बिमानमार्फत सान फ्रान्सिस्को प्रस्थान गरेका हुन । 

गत मंगलबार प्राविधिक समस्याका कारण एयर इन्डियाको विमान रुसको मगादान सहरमा आपतकालीन अवतरण गर्न बाध्य भएको थियो । तीन दिन पछि बैकल्पिक उडानमार्फत अमेरिका प्रस्थान गराइएको हो । 

एयर इन्डियाले सान फ्रान्सिस्को इन्टरनेशनल एयरपोर्टमा यात्रुहरूलाई उनीहरूको आगमन औपचारिकतामा मद्दत गर्नको लागि आफ्नो अनग्राउन्ड समर्थन बढाएको छ। उसका अनुसार यात्रुहरुको चिकित्सा हेरचाह, यातायात र आवश्यकता अनुसारका थप सुबिधा प्रदान गर्न तयारी अवस्थामा राखिएको छ ।

दिल्लीबाट सान फ्रान्सिस्को जाँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा प्राविधिक खराबी आएपछि मंगलबार म्यागादान, रूसतर्फ डाइभर्ट गरिएको थियो । दुइ सय १६ यात्रु र १६ चालक दलका सदस्यसहित उडान भरेको बोइङ ७७७ विमानले मगदान विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको थियो । 

जसकाकारण म्यागदानमा यात्रु र चालक दललाई अस्थायी आवासमा राखिएको थियो। फसेका यात्रुहरू मध्ये एक गगनका अनुसार म्यागादानको बसाई भाषाको स्पष्टताको अभाव र अपर्याप्त सुविधाहरू कारण चुनौतीपूर्ण रहन पुगेको थियो । यात्रुहरुलाई खाना बस्न र भाषाका समस्याका कारण अनेक चुनौतीको सामाना गर्नु परेको थियो । 

गगनले अलपत्र यात्रुले सामना गर्नु परेको कठिनाइको बाबजुद रूसी अधिकारीहरूले गरेको प्रयासको भने प्रशंसा गरेका छन। ‘तिनीहरू राम्रा छन्। हामी भाग्यशाली छौं किनभने हामीलाई एउटा कलेजको होस्टेलमा राखेका थिए । हामीलाई उनीहरुले वाइफाइको सुबिधा दिनलाई नयाँ जडान पनि गरे, जसकाकारण हामीले हाम्रा परिवारहरूसँग सम्पर्कमा रहन सफल भयौं ।’

उता, अमेरिकी विदेश मन्त्रालयले रुसमा आकस्मिक अवतरण भएको विमानमा ५० भन्दा कम अमेरिकी नागरिक रहेको पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘हामीले उक्त उडानमा ५० भन्दा कम अमेरिकी नागरिक सवार रहेको जानकारी प्राप्त गरेका छौं। हामीलाई एयर इन्डियाको बदली विमान यात्रु लिन रुसवाट अमेरिका अाउँदै गरेको छ भन्ने जानकारी दिइएकाे छ ।’ 

एयर इण्डियाले प्रतिस्थापन गरेको विमान ८ जुनमा स्थानीय समय अनुसार  राती सबा १२ बजे सान फ्रान्सिस्कोको अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछ ।
 

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ७ दिन अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni १ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni २ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *